प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना सङ्क्रमण
मकालु खबर
२०७७ भदौ १५ गते
विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र आज देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
शनिबार साँझदेखि मन्त्री घिमिरे निवासमै रहेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
मकालु खबर
२०७७ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित