चीनसँगको झडपमा भारतीय सैनिकको मृत्यु

एजेन्सी । चीनसँगको झडपमा भारतीय सैनिकको मृत्यु भएको छ ।

भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सुरक्षा बलका एक सैनिकको मृत्यु भएको हो ।

द गार्जियनका अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।

पछिल्लो दुई घण्टामा समय चीन र भारतीय सीमामा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *