चितवनमा थप ३८ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा बुधबार एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला बाहेक सर्लाहीका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बुधबार साँझ सार्बजनिक गरेको रिपोर्ट अनुसार भरतपुर महानगरपालिकामा १९ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ८ जना पुरुष र ११ जना महिला छन् । उनीहरुको विभिन्न अस्पताल र क्वारेन्टाइनबाट स्वाब लिइएको थियो । जिल्लाकै रत्ननगर नगरपालिकामा ८ जनामा संक्रमण देखिएको छ । रत्ननगर अस्पतालबाट नमुना लिइएको हो । खैरहनीमा ४ जना, कालिकामा ५ जना, माडिमा २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

खैरहनी र कालिकाका संक्रमित क्वारेन्टाइनका हुन् भने माडिमा संक्रमण देखिएकाको स्वाब भरतपुर अस्पतालबाट लिइएको थियो । बुधबार २१८ नमुना परीक्षण गरिएकोमा १७९ जनाको भने रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *