भारतमा काम बन्द गर्न माग गर्दै प्रदर्शनमा उत्रिए मन्त्रालयका कर्मचारी

छत्तीसगढ । भारतकाे छत्तीसगढमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे आँकडा हरेकदिन बढिरहेकाे छ । पछिल्लाे ४ महिनामा बुधबार पहिलाे पटक संक्रमितकाे आँकडा दुई हजार पार भयाे ।

बुधबार रातिसम्म राज्यमा २ हजार २६९ नयाँ संक्रमित थपिए । यसैबीच मन्त्रालयका कर्मचारीहरूले काेराेना संक्रमणलाई मध्येनजर गर्दै १४ दिनका लागि कामकाज बन्द गर्नका लागि आज मन्त्रालयमै विराेध प्रदर्शन गरेका छन् ।

मन्त्रालयमा ५० भन्दा अधिक कर्मचारी-अधिकारी काेराेना संक्रमित भएपश्चात अस्पतालमा भर्ना भएका छन् । यसबाहेक मन्त्रालयका ३ कर्मचारीकाे काेराेना संक्रमणबाट मृत्यु समेत भइसकेकाे छ । काेराेना संक्रमित बिरामी लगातार भेटिन थालेपछि कयाैँ राज्यका कार्यालयहरू शिल गरिएकाे छ । संक्रमणकाे जाेखिम बढ्दै गएपछि मन्त्रालयका कर्मचारीहरूले पनि १४ दिन मन्त्रालयकाे कामकाज बन्द गर्न माग गर्दै  प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *