मच्छिन्द्रनाथ रथयात्राः भीड हटाउन प्रहरीले हान्याे पानीकाे फाेहाेरा

काठमाडौं । उपत्यकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे अवस्थामा जारी निषेधाज्ञा ताेडेर राताे मच्छिन्द्रनाथकाे रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले पानीकाे फाेहाेरा हानेकाे छ ।

प्रहरीले हस्तक्षेप गरेपछि पुल्चाेकमा ढुंगा हानाहानकाे अवस्था सिर्जना भएकाे थियाे । केही प्रहरी घाइते समेत भएका छन् ।  स्थिति बिग्रँदै गएपछि प्रहरीले स्थानीयमाथि पानीकाे फाेहाेरा प्रहार गरेकाे हाे । अहिले भीड तितरवितर बन्न पुगेकाे छ ।

कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा रथयात्रा गर्न सकिएकाे थिएन । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन छ । त्यसकारण नागरिकहरूले निषेधाज्ञाकै बिच रथ तानेका हुन् । प्रहरीले सुरूमै भीडलाई राेक्न खाेजेकाे थियाे तर सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *