काेराेना संक्रमणबाट थप ६ जनाको मृत्युः स्वास्थ्य मन्त्रालय
मकालु खबर
२०७७ भदौ १८ गते
काठमाडाैं । बिहीबार थप ६ जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ । ४ महिला र २ पुरूषकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
प्रवक्ता गाैतमका अनुसार चितवनको ४० वर्षीया, भक्तपुरको ४० वर्षीया, तनहुँको ९२ वर्षीया र रुपन्देहीको ७७ वर्षीया ४ जना महिलाको मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीको ६५ वर्षीय पुरुषको पनि काेराेना संक्रमणबाट मृत्यु भएको छ ।
याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २५७ पुगेकाे छ ।
मकालु खबर
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित