रक्तदान गरी निश्चलले मनाए जन्मदिन

पोखरा । जन्मोत्सव मनाउने सबैका आ–आफ्नै शैली हुन्छन् । आजभोलि जन्मोत्सव मनाउने शैलीमा धेरै परिवर्तन हुँदै गएको हामीले देख्न सक्छौँ ।

पछिल्ला दिनहरुमा जन्मोत्सवका दिन नयाँ–नयाँ जीवनदायी कर्म गर्नेहरुको जमात बढिरहेको पाइन्छ । जन्मदिनलाई कर्मदिन मानेर अविस्मरणीय जिवनोत्सव बनाउन सकिन्छ । नत्र बर्सेनी उही ताल र उही चाल रहने हो भने उमेर गन्दै झोक्राएर जन्मोत्सव मनाए पनि के भो, नमनाए पनि के भो रु जन्मदिन, जन्मोत्सव वा जिवनोत्सव, जसले जे नामबाट मनाए पनि त्यो जीवनमय हुने गरि मनाउनुपर्छ !

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका कार्यसमिति सदस्य, पोखराका युवा व्यवसायी ह्वाइट हाउस इनका सञ्चालक निश्चल खरेलले आफ्नो २५ औँ जन्मदिन रक्तदान गरेर मनाए ।

पोखराको लेकसाइडमा रहेको ह्वाइट हाउस इनमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको सञ्चालक खरेलले जानकारी दिए ।

उनले अलि फरक ढंगले मनाउँ भनेर जन्मोत्सव मनाउने खर्चले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । रक्तअभावका कारण धेरैले अकालमै ज्यान गुमाउनेको संख्यालाइ यस्तो रक्तदान कार्यक्रमले केही हदसम्म भएपनि सहयोग मिल्ने उनको भनाइ छ।

उक्त कार्यक्रम वडा प्रहरी कार्यलय,बैदामका प्रहरी निरीक्षक बिजय भण्डारीको प्रमुख आतिथ्यमा तथा नेपाल स्वयंसेवी रक्तदाता समाज,कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय, बैदामका प्रहरी निरीक्षक बिजय भण्डारीले यस्तो विषम परिस्थितिमा रक्तदानको महत्त्व बुझेर रक्तदान कार्यक्रम आयोजना गर्नु समाजमा एउटा उदाहरणीय कार्य रहेको बताए ।

सबैले यस्तो कार्यको सिको गरेर रक्तदानको आयोजना गरेमा रक्तअभाव न्यूनीकरणमा ठुलो सहयोग मिल्ने बताए ।

सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय सदस्य तिर्थराज अवस्थीले सबै स्वस्थ युवायुवतीलाई रक्तदानप्रती उत्प्रेरित जगाइ आफ्नो १८औँ जन्मोत्सवसँगै रक्तदानको सुरुवात गरी आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने पुण्य कार्यको सुरुवात गर्नुपर्ने बताए ।

सभापतिको आसनबाट आफ्नो मन्तव्य राख्दै नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले रक्तदानले स्वस्थ्यलाई हानी नपुग्ने बताउँदै नियमित रुपमा रक्तदान गर्न सबैलाई अपिल गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *