चितवनमा थपिए १७ कोरोना संक्रमित
मकालु खबर
२०७७ भदौ १९ गते
चितवन । चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु २३ देखि ८० वर्षसम्मका छन् । भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेजबाट उनीहरुको स्वाब लिइएको हो । खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन् । उनीहरु क्वारेन्टिनमा छन् ।
भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट स्वाब लिइएका रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । ३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चितवनमा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुगेको छ ।
मकालु खबर
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित