भारतमा लगातार दोस्रो दिन ८३ हजार बढीमा कोरोना संक्रमण
मकालु खबर
२०७७ भदौ १९ गते
नयाँ दिल्ली । भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टामा ८३ हजार ३४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नै एक हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै त्यहाँ कुल काेराेना संक्रमितकाे संख्या ३९ लाख ३६ हजार माथि पुगेकाे छ । संक्रमितमध्ये ६८ हजार ४७२ जनाकाे मृत्यु भइसकेकाे छ ।
८ लाख ३१ हजार बढी सक्रिय संक्रमित छन् । ३० लाख बढी संक्रमित निकाे भइसकेका छन् ।
मकालु खबर
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित