चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन । चितवनका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेहरु १० देखि ७३ वर्षसम्मका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा भरतपुर महानगरका ४ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको छ । नवलपुरको गैंडाकोट र रुपन्देहीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहाँ गरिएको परीक्षणमा मकवानपुरका २, रुपन्देही, काठमाडौं, पर्सा र गुल्मीका एक/एक जनामा पोजेटिभ देखिएको छ ।
अहिलेसम्म चितवनका ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *