भारतले उछिन्यो ब्राजिललाई, सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा दोस्रो

काठमाडौं । भारत सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ । विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको हो ।

यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो । पछिल्लो २४ घण्टामा ५१ हजार ७२३ जनामा जनामा कोरोना देखिएसँगै भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ हजार नाघेको छ ।

देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ । तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ । संक्रमितको संख्या धेरैको भएको देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ भने अब भारत दोस्रो स्थानमा पुगेको छ र तेस्रोमा ब्राजिल छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार अमेरिकामा बिहानसम्म १ लाख ९३ हजार २५० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितको संख्या ६४ लाख ६० हजार २५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ११० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४३२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६८६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *