भर्चुअल बैठकमार्फत् निषेधाज्ञाको समीक्षा हुँदै, फेरि लम्बिएला ?

काठमाडौँ । भदाै २४ गते राति १२ बजेबाट निषेधाज्ञा सकिँदैछ । निषेधाज्ञा फेरि लम्ब्याउने, अझै खुकुलाे बनाउने या खुला नै गर्ने विषयमा आज (मंगलबार) उपत्यकाका तीन जिल्लाका सीडीओसहितको भर्चुअल बैठक बस्दैछ ।

आजै उपत्यका मेयर फोरम, उद्योगी व्यवसायीसँग पनि छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । दुवै बैठकमा निषेधाज्ञाकाे समिक्षा गरी त्यहाँ उठेका रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञाबारे थप निर्णय लिइने काठमाडौंका सीडीओ जनकराज दाहालले बताए ।

निषेधाज्ञाबारे भाेलि निर्णय हुने बताइएकाे छ ।

पछिल्लाे समय काठमाडाैं उपत्यकामा संक्रमण बढ्दै गएपछि भदाै ३ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जारी राख्दा समेत संक्रमण नराेकिएपछि नागरिक चिन्तित छन् । व्यापार व्यवसाय ठप्प भएपछि नागरिककाे जीवनयापनमा समेत कठिनाइ सिर्जना भएकाे छ । उद्योगी व्यवसायीहरुले पनि निषेधाज्ञा खोल्नुपर्नेमा जोड गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *