काेराेना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

काठमाडौं । नेपालमा थप ६ जनाको कोरोना भाइरसको संक्रमणको कारणले मृत्यु भएको छ ।

आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार नेपालमा थप ६ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप १,०८१ जनामा संक्रमण पुष्टि हुँदा थप ९१८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया