प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहलाई कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७७ असोज १० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डिनसमेत रहेकी डा. सिंहलाई शनिबार (आज) संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि त्रिवि शिक्षण अस्पतालको ल्याबमा पीसीआर परीक्षणको क्रममा भएको हो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो ।
रिपोर्ट पोजेटिभ देखिएकी उनी अहिले होम आइसोलेसनमा बरिहेकी पारिवारिक स्रोतले जनाएको छ ।
यद्यपि उनले विगते केही दिनदेखि प्रधानमन्त्री ओलीलाई भने भेटाएकी थिइनन् ।
मकालु खबर
२०७७ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित