धरान: अधिकृत, ईञ्जिनियर र पत्रकारमा देखियो कोरोना

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितमा अधिकृत, वडाका ईञ्जिनियर र पत्रकार समेत छन् ।

धरानका पहिलो पटक ३८ वर्षीय पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक ईञ्जनियरलाई पनि संक्रमण पुष्टि भएको छ भने उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको हो ।

यस्तै, धरान १५ स्थित एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको मेहताले जानकारी दिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परिक्षणको १८ जनाको रिपोर्ट पोजेटिभ आएको र अन्यको बारेमा आवश्यक जानकारी संकलन गरिरहेको मेहताले बताए ।

रिपोर्ट पोजेटिभ आएका १८ जनामा वीपी प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि छन् ।

प्रतिक्रिया