चितवनमा काेराेना संक्रमित एक पुरुषको मृत्यु
मकालु खबर
२०७७ असोज १२ गते
चितवन । चितवनका कोरोना संक्रमित एक जना पुरुषको सोमबार मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ७ निवासी ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । उनी मिर्गौलाका रोगी थिए । डायलायसिस गरिरहेका उनीमा असोज ४ गते कोरोना पुष्टि भएको थियो ।
खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी असोज ७ गते भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि असोज ८ गते कोभिड आइसीयूमा राखी उपचार गरिनुका साथै नियमित डायलायसिस प्रक्रिया अनुसार डायलायसिस समेत गरिएको थियो ।
योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
मकालु खबर
२०७७ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित