‘चिनियाँ भाइरस’ ले गलायो ट्रम्पलाई, अस्पताल भर्ना

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ ।

शुक्रबार ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत् सैनिक अस्पताल लगिएको हो ।

संक्रमण पुष्टि भएको करिब १७ घण्टापछि उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको त्यहाँका मिडियाहरुले जनाएका छन् । उनलाई अस्पताल लैजान ह्वाइट हाउसमै सैनिक हेलिकप्टर आएको थियो । स्राेतका अनुसार ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो छ ।

ट्रम्पले विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसलाई खासै मतलब गरेका थिएनन् । काेराेना भाइरसलाई चिनायाँ भाइरस भनेर उडाउने उनले अमेरिकामै संक्रमण फैलिसक्दा पनि मास्क समेत लगाउँदैन थिए । पछिल्लाे समय भने उनी सुरक्षति भएर हिँड्न थालेका थिए । यद्यपी शुक्रबार संक्रमण पुष्टि भयो ।

प्रतिक्रिया