कारोना संक्रमणबाट ट्रम्प गम्भीर बिरामी परे भने के हुन्छ राष्ट्रपतीय निर्वाचन ?

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचन आउन केही हप्ता मात्रै बाँकी छ । यसैबिच रिपब्लिकन पार्टीका उम्मेद्वार, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएका छन् ।

उनी संक्रमित भएपछि अब के हुन्छ ? राष्ट्रपतीय निर्वाचनमा कस्तो असर पर्छ ? भन्ने प्रश्न उठ्न थालेको छ ।

सल्लाहकार होप हिक्स पनि कोरोना संक्रमित भएको पाइएको केही दिनपछि राष्ट्रपतिमा पनि संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमणपछि उनी कम्तिमा दश दिन क्वारेन्टिनमा रहनुपर्ने हुन्छ । शनिबार बिहान ट्रम्पलाई अस्पताल लगिएको समेत खबरहरु आएका छन् । अब केही समय उनी चिकित्सकको निगरानीमा रहनेछन् ।

यदि राष्ट्रपति ट्रम्प दश दिनका लागि क्वारेन्टिनमा बस्नुपर्यो भने राष्ट्रपति पदको उम्मेदवार बिचको दोस्रो चरणको बहसमा हिस्सा लिन पाउनेछन् जुन १५ अक्टोबरमा हुँदैछ ।

शुक्रबार राति अमेरिकाका फ्लोरिडा शहरमा रिपब्लिकन पार्टीको एक चुनावी सभा तय भएको थियो । तर डोनाल्ड ट्रम्पमा संक्रमण पुष्टि भएपछि उक्त सभा रद्द गरियो । ह्वाइट हाउसद्वारा जारी सूचनामा भनिएको छ– ‘राष्ट्रपति ट्रम्प त्यस समय कोभिड सपोर्ट सेन्टरका चिकित्सकहरुसँग कोभिड १९ संक्रमण बारे थप जानकारी लिँदै थिए । उनले वृद्ध मानिसहरूले कस्तो प्रकारको सावधानी अपनाउनु पर्छ भनेर पनि सोधेका थिए ।’

राष्ट्रपति ट्रम्पको चुनावी अभियान सम्हाल्ने टीमका अनुसार, ‘तत्कालका लागि आउँदा दश दिनको चुनावी सभा या त रद्द गरिएको छ या त अर्को तारिखका लागि तय गरिएको हुनुपर्छ ।’

कुन परिस्थितीमा स्थगित हुन सक्छ निर्वाचन ?

यो स्पष्ट छ कि राष्ट्रपति ट्रम्प क्वारेन्टिनमा जानुको सिधा असर निर्वाचन अभियानमा पर्छ । यसले उनको क्षमताको प्रचार प्रसारमा क्षति पुग्छ । यसकारण यो प्रश्न उठेको छ कि, के चुनाव स्थगित हुन सक्छ ?

अमेरिकी कानून अन्तर्गत राष्ट्रपति पदको चुनाव हरेक चार वर्षको नोभेम्बरको पहिलो महिनाको मंगलबार हुन्छ । यस हिसाबले २०२० चुनाव नोभेम्बर ४ मा निर्वाचन हुनेछ ।

यदि चुनावको तारिखमा परिवर्तन गर्नैपरे यो निर्णय अमेरिकी सांसदले गर्नेछन्,  ट्रम्पले होइन । चुनावको तारिखमा कुनै परिवर्तनको पक्षमा संसदको दुवै सदनमा बहुमत हुन आवश्यक छ ।

दुवै सदनका सांसदको बहुमत आएमा निर्वाचन मिति परिवर्तन हुन सक्छ, जसको सम्भावना कम छ । किनकी अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेभिभ्स’ मा डेमोक्रेटिक पार्टीको बहुमत छ र उनीहरुले पहिले नै भनेका थिए कि निर्वाचनमा ढिलाइको कुनैपनि प्रस्तावलाई समर्थन गरिँदैन ।

प्रतिक्रिया