शेयर बजार आज झिनो अंकले घट्यो

काठमाडौँ । आज झिनो अंकले शेयर बजार घटेको छ । साताको पहिलो दिन १४.७१ अंकले बढेको बजार आज भने ३.६३ अंकले घटेको हो । आज ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५८२.१२ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १ सय ९३ कम्पनीका ९५ हजार १८ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ लाख ८६ हजार ७ सय ८८ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भएको छ ।

 

 

प्रतिक्रिया