३० नेपाली सेनासहित गण्डकीमा थप ६२ संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप ६२ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा बाग्लुङका ३६ जना, कास्कीका २१ जना र लमजुङका ५ जना रहेका छन् । बाग्लुङमा थपिएको ३६ मध्ये ३० जना नेपाली सेना हुन् । यसैगरी २ जना प्रहरी छन् भने १ पुरुष र १ महिला बाग्लुङ ईजलासमा कार्यरत हुन्, ३६ वर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ वर्षीय पुरुष स्थानीय ब्यबसायी रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४७५३ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३२२७ जना ठिक भएका छन् ।

प्रतिक्रिया