सिद्धार्थ बैंककाे ‘८.५०% एस.बि.एल. डिबेन्चर २०८४’ मा लगानीकर्ताको उल्लेखनीय सहभागिता

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले हालै जारी गरेको ऋणपत्र ‘८.५०% एस.बि.एल. डिबेन्चर २०८४’ मा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेकाे छ ।

सिद्धार्थ बैंक लिमिटेडले २०७७ आश्विन १६ गते ३ अर्बको ‘८.५० प्रतिशत एस. बि. एल. डिबेन्चर-२०८४’ ऋणपत्र निष्काशन जारी गरेकाे थियाे । उक्त ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेका कारण छोटो समयमै माग भन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएकाे छ ।

निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भइसकेकाे छ ।

प्रतिक्रिया