प्रभु बैङ्कको २०९ औँ शाखा श्रीनगरमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले सल्यानको शारदा नगरपालिका–०१ स्थित श्रीनगरमा आफ्नो २०९ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैङ्कको श्रीनगर शाखा कार्यालयको समुद्घाटन असोज २५ गते शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि सुरेश अधिकारीले प्रभु बैङ्कले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैङ्कको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैङ्कको श्रीनगर कार्यालयबाट प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैङ्कको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कको विश्वास रहेको छ । स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा श्रीनगर शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया