आइएमई पे ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर
मकालु खबर
२०७७ असोज २५ गते
काठमाडौँ । आइएमई पे ले दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर ल्याएको छ ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस (३०) प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो ।
किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अर्ग्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफूल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर ल्याएको हो ।
यो अफर २५ असोजबाट सुरु भई कार्तिक ७ गतेसम्म कायम हुनेछ ।
यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।
मकालु खबर
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित