अब कोरोना बीमा गर्नेले पैसा नपाउने, उपचारका लागि खर्च हुने

काठमाडौं । कोरोना बीमा गरेका बिकितले अब कोरोना बीमा गरेको रकम नपाउने भएका छन् । कोरोना भाइरसको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट सरकारले उपचार खर्च कटाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा कोरोना बीमा गर्नेहरुको बिमांक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको बताएका छन् ।

नेपलमा मात्रै बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुनसाथ दाबी भुक्तानी पाइने व्यवस्था छ ।

अहिलेसम्म करिब १४ लाखभन्दा बढीले कोरोना बीमा गरिसकेका छन् । एक लाख रुपैयाँ बिमांकको कोरोना बीमाको लागि समितिले सामुहिक रुपमा ६ सय रुपैयाँ र व्यक्तिगत रुपमा १ हजार रुपैयाँ बीमा शुल्क तोकेको थियो । कोरोना बीमाबाट ८० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ ।

 

प्रतिक्रिया