कहिले आउँछ अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम ?

एजेन्सी । अमेरिकामा राष्ट्रपतिय निर्वाचनकाे मतगणना जारी छ । दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिएको छ । अहिलेसम्मकाे प्राप्त मतगणना अनुसार बाइडन ट्रम्पभन्दा अघि देखिएका छन् । जित पनि उनैकाे पक्षमा हुने आँकलनहरु भइरहेका छन् । हालसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाउँदा ट्रम्पले २१४ मात्रै पाएका छन् ।

दुवैबीच कडा टक्कर देखिएपछि विश्वव्यापी रूपमा चासाेका साथ हेर्न थालिएकाे छ अमेरिकी निर्वाचन । यतिबेला अधिकांश स्थानको मतगणना सकिसकेको छ । केही राज्यहरुको मतगणना बाँकी छँदै दुबै उम्मेद्वारले जित आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् ।

यही बीचमा ट्रम्प अदालती प्रक्रियामा समेत पुगेका छन्- मतगणनामा धाँधली भएकाे भन्दै । त्यसकारण पनि निर्वाचन कसकाे पक्षमा आउँछ आँकलन गर्न झनै कठिन भइरहेकाे छ । राष्ट्रपति निर्वाचनको मत परिणाम चाँडै आउने अपेक्षामा रहेका लागि अन्तिम मत परिणाम भने नोभेम्बर १० दिनसम्म कुर्नेपर्ने हुन्छ ।

किनकी नेभाडा राज्यले नोभेम्बर १० मा मात्र मत गणना सकाउने छ । ६ इलेक्ट्रोल मत रहेको यस राज्यमा कतिपय मत गनि पनि सकेको छ । तर, हुलाकबाट प्राप्त हुने मतको समयसीमा नोभेम्बर १० सम्म रहेकोले त्यसपछि मात्र पूर्ण मत गणना सम्पन्न हुने बताइएको छ । मत गणना सकिएपनि राष्ट्रपतिको जितको घोषणा पनि जनवरीमा मात्र हुने बताइएको छ ।

प्रतिक्रिया