अमेरिकी निर्वाचन : कमला ह्यारिसको जितमा किन खुशीयाली मनाउँदैछन् भारतवासी ?

एजेन्सी । अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएसँगै भारतमा खुशीयाली छाएकाे छ । भारतस्थित कमला ह्यारिसकाे मावली गाउँमा खुशीयाली छाएकाे हाे । कमलाकी आमा भारतीय नागरिक थिइन् भने पिता जमैकाका थिए ।

भारतको दक्षिणी तमिलनाडु राज्यको थुलसेन्डिरापुरममा ह्यारिसका मामा जन्मेका थिए । साेही गाउँका भारतीयहरुले आफ्नो मुलका महिला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति भएको भन्दै आइतबार खुशीयाली साटासाट गरेका हुन् । हिजाे त्यहाँ रंगेली बनाएर, पटका पड्काएर उत्सव मनाइएकाे थियाे ।

ह्यारिसका ७९ वर्षीय मामा गोपालन बालाचन्द्र नयाँ दिल्ली बस्छन् । भ्वाइस अफ अमेरिकासँग उनले भनेका छन्-  ‘भान्जीको प्रगतिप्रति खुशी लागेकाे छ । अरु पनि खुशी भएका छन् ।’

करिब ६ दशकअघि बालचन्द्रकी बहिनी श्यामला गाेपलन दक्षिणी भारतीय शहर चेन्नइबाट संयुक्त राज्य अमेरिका अध्ययन गर्न गएकी थिइन् । त्यहाँ उनकाे भेट ह्यारिसका बुवा जमैकनसँग विवाह भएकाे थियाे ।

प्रतिक्रिया