बाइडनको चेतावनी- ‘ट्रम्पले सहकार्य नगरे थुप्रै संक्रमितको ज्यान जान सक्छ’
काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले डोनाल्ड ट्रम्पका कारण कोरोनाबाट अझै ठूलो संख्यामा ज्यान जानसक्ने चेतावनी दिएका छन् ।
यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्ने बाइडनको चेतावनी छ । डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन् ।
राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरे । बाइडनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् । तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् ।
आफ्नो मन्तव्यमा बाइडनले अस्वीकारलाई पूर्णरूपमा गैरजिम्मेवार बताए । उनले भने, ‘कोही यसलाई बुझ्छ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो । वास्तवमा, यो अतिशयोक्ति होइन ।’ -एजेन्सी