‘मोफसललाई केन्द्रसँग जोड्ने आधार ढकालसँग छ’

काठमाडौं । उद्योग वाणिज्य महासंघलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आर्थिक अवस्था सुधार्न चन्द्रप्रसाद ढकालको प्यानललाई निर्वाचनमा जिताउनु पर्ने ढकाल प्यानलका जिल्ला र नगरका उम्मेद्वारले बताएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघबाट केन्द्रीय सदस्य पदका उम्मेद्वार अशोक ताम्राकारले ढकाल प्यानलले ‘सम्मृद्धिको आधार राज्य–निजी क्षेत्रसँग साझेदार’ भन्ने नाराका साथ महासंघको नेतृत्व गर्न खोजेकाले परिवर्तनको मागलाई संवोधन गर्नपनि नयाँ नेतृत्व आउनु पर्ने बताए ।

सुनसरी उद्योग वाणिज्य संघलाई इतिहासमै पहिलो पटक केन्द्रसँग जोड्न पनि आफ्नो उम्मेद्वारी रहेको बताउँदै बरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल प्यानलसँग केन्द्र र मोफसललाई जोड्ने आधार रहेको बताए । मकालु खबरसँग बोल्दै ताम्राकारले भने–‘चन्द्रप्रसाद ढकाल भनेको ग्रास रुटबाट उदाएको सफल व्यवसायी हो, उहाँसँग पूर्वमेचीदेखि महाकालीसम्म सम्पर्कमा रहने क्षमता छ ।’ उनले भने ।

अशाेक ताम्राकार, केन्द्रीय सदस्यका उम्मेद्वार, ढकाल प्यानल ।

ताम्राकारका अनुसार ढकाल पक्षसँग महासंघमा १० वर्षसम्म के गर्ने स्पष्ट भिजन छ । महासंघको उपाध्यक्ष भएर एक कार्यकाल विताइसकेका ढकालसँग महासंघलाई चलायमान बनाउन सक्ने क्षमता भएका व्यक्तिहरुको साथ रहेको समेत दावि गरे । ‘यो प्यानलमा ढकालमात्र हैन उनीसँग उभिएका सबै जना अनुभवी र आ–आफ्ना क्षेत्रमा सक्रिय रहेका छन् । खासगरी मोफसललाई केन्द्रसँग जोड्ने आधार ढकाल प्यानलसँग छ ।’ ताम्राकारको दावि छ ।

उनले आफ्नो उम्मेद्वारी पनि सुनसरी उद्योग वाणिज्य संघलाई केन्द्रसँग जोड्न रहेको बताए । ३५ वर्षको इतिहास रहेको सुनसरी उद्योग वाणिज्य संघ अहिलेसम्म केन्द्रमा आउन नसकेको बताउँदै अब सुनसरीलाई केन्द्रसँग आफुले जोड्ने पनि बताए । ‘विडम्बना हो, हामीलाई कहिल्लै केन्द्रले खोजेन, यस पटक ढकाल प्यानलले सुनसरीको भूमिका खोजेको छ ।’ उनले भने ।

सुनसरीलाई केन्द्रमा प्रतिनिधित्व गराउन ढकाल प्यानलको मात्र भूमिका नरहने भन्दै उनले सबै उद्योगी व्यवसायीलाई साथ दिन आग्रह गरे । केही समय अगाडी मात्र चढकाल प्यानलबाट देश व्यापीरुपमा उद्योगी व्यवसायीका माझ गएका ताम्राकारले अधिकांश उद्योगी व्यवसायी ढकालको प्यानलमा रहेको दावि पनि गरे ।

उनले कोरोना संक्रमणको कारण मुलुकको अर्थतन्त्र जर्जर भएकोले निजी क्षेत्रको पीरमर्का राज्यसँग पुर्याउनका लागि भएपनि ढकाल पक्षलाई यसपटक जिताउनुको विकल्प नरहेको तर्क गरे । ‘किशोर प्रधानको टीम पनि बलियो छ, तथापि, अहिले महासंघलाई नयाँ ढंगले अगाडी बढाउनु पर्ने चुनौति छ, राजनीतिबाट बाहिर ल्याउनु पर्नेछ, सबै उद्योगीहरुको साझा बनाउनु पर्ने भएकाले पनि ढकालको विकल्प छैन ।’

महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचन यहि मंसिर ११–१३ गते हुँदैन । महासंघको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको दावेदार भएकाले बरिष्ठ उपाध्यक्ष र त्यसपछिका पदहरुमा निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा संस्थापन पक्षबाट किशोर प्रधानको उम्मेद्वारी छ भने, अर्को पक्षबाट आइएमई ग्रुपका चन्द्रप्रसाद ढकालको उम्मेद्वारी छ ।

 

प्रतिक्रिया