बलिउडका सलमानकाे काठमाडौंमा जन्मदिन सेलिब्रेट

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान ५५ वर्षमा लागेका छन् । उनले हिजो २७ डिसेम्बरमा आफ्नो ५५ औं जन्मदिन मनाए । सलमानले यो बर्ष आफ्नो जन्मदिन परिवारसँग मात्र मनाएका छन् ।

भारतमा मात्र होइन् विश्वभरी नै फ्यान फलोइंग भएका सलमानको नेपालमा पनि जन्मदिन सेलिब्रेट गरिएको छ । आइतवार उनका प्रशंसकहरुले केक काटेर जन्मदिन मनाएका थिए । दरबारमार्गस्थित किङ्ग्स लन्जमा सलमानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समुहले नेपाली सेलिब्रेटीहरुको उपस्थितिमा भव्य रुपमा उनको जन्मदिन सेलिब्रेट गरेको हो ।

‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसीले सलमानको जन्मदिनको अवसरमा कपनमा अशक्तहरुलाई ४५ हजार बराबरको खाद्यन्न सहयोग गरेको जानकारी दिए । उक्त कार्यक्रममा भुवन केसी, सुष्मा कार्की र प्रशान्त ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

सलमान खानको फिल्म यात्रा
सन् १९८८ मा सलमानले फिल्म ‘बीबी’ मा सहायक कलाकारको भूमिका निभाउँदै बलिउडमा डेब्यु गरेका हुन् ।उक्त फिल्मपछि उनले सुरज बडजात्याको रोमान्टिक फिल्म ‘मैने प्यार किया’ मा काम गरे । त्यही फिल्मबाट उनको नाम देशबिदेश जताततै  छाएको थियो । सन् १९८९ मा यो फिल्म सबै भन्दा धेरै कमाई गर्ने फिल्मको सूचिमासमेत् परेको थियो ।

ब्लकबस्टर ‘मैने प्यार किया’ फिल्मपछि सलमानले लगातार ‘बाघ, सनम, बेवफा, कुरबान र साजनलगायत धेरै फिल्ममा काम गरे । उनी अभिनित ‘प्यार किया तो डरना क्या, तेरे नाम, करण–अर्जुन, चोरी चोरी चुपके–चुपके’ लगायतका थुर्पै फिल्म आज पनि उतिकै चर्चामा छन् ।

पछिल्लो समय सलमानको नयाँ फिल्म ‘राधे’ ईदमा प्रदर्शन हुने भनिएको थियो । विश्व भरि फैलिएको कोरोना भाइरसका कारण उक्त फिल्मको छायाँकन कार्य बिचैमा रोकिएपछि प्रदर्शन मिति पछाडि परेको हो । तर अहिले यो फिल्मको सम्पुर्ण काम भने सकिएको छ ।

ओटीटी प्लेटफर्मले सलमानलाई उक्त फिल्मको लागि २५० करोड अफर गरेको थियो । तर, सलमानले उक्त अफर अस्विकार गरी फिल्म हलमै रिलिज गर्ने बताएका छन् । त्यसैले पनि सलमान हलकै प्रतिक्षामा छन् ।

प्रतिक्रिया