प्रधानमन्त्रीविरुद्ध ललितपुरमा बयलगाडा प्रदर्शन
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका अनेरास्ववियूमा आबद्ध विद्यार्थी समूहले बयलगाडा प्रदर्शन गरेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसकाे विराेधमा सडक संघर्षमा उत्रिएकाे माधव-प्रचण्ड समूहले विराेधकै निरन्तरता स्वरूप आज (आइतबार) ललितपुरस्थित पाटन क्याम्पस अगाडि बयलगाडा प्रदर्शन गरेकाे हाे ।
प्रम ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको उनीहरूकाे आरोप छ ।
अनेरास्ववियूले ओलीकाे विराेधमा भक्तपुर र काठमाडाैंमा पनि बयलगाडा प्रदर्शन गर्दैछ ।
भाेलि पनि प्रदर्शन गर्ने अनेरास्ववियूले घाेषणा गरिसकेकाे छ । भाेलि प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ ।