‘मेघा विन्टर सर्भिस क्याम्प’ सुरू
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा. लि.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आज बाट सुरु गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहारका साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।
यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गतेदेखि १५ गतेसम्म मात्र लागु हुने आइएमई मोटर्स प्रा.लिले जनाएकाे छ ।