धनगढीमा विरोध सभा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको नेकपा प्रचण्ड-नेपाल समूहले धनगढीमा विरोध सभा गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभा गर्न लागेको हो ।

विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी जाँदैछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पूरा भएको नेता तारालामा तामाङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्कोको चर्को आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया