प्रचण्ड-नेपाल समूहका इन्चार्ज वाग्लेको मृत्यु
काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको मृत्यु भएको छ । जुलुसमा सहभागी भएर घर फर्कने क्रममा वाग्लेको बरहथवा नगरपालिका-९ स्थित नयाँरोड-मधुवनी सडकखण्डमा सवारी दुर्घटनामा मृत्यु भएको हो ।
नेकपा विभाजनपछि प्रचण्ड-नेपाल समूहमा रहेका वाग्लेको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग भएको छ । एकान्त जंगलमा मोटरसाइकलमा एक्लै घर फर्कँदै गरेका वाग्लेको दुर्घटना स्थल असामान्य प्रकृतिको रहेकोले छानबिनको माग गरिएको हो ।
यसैबीच प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको मृत्यु रहस्यमय रहेको बताएका छन् । ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ । अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योद्धाको निधनबाट पार्टी र आन्दोलनमा ठूलो क्षति भएको छ,’ उनले लेखेका छन् ।
हाम्रो पार्टीको केन्द्रीय सदस्य क• डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ।अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठुलो क्षति भएको छ।श्रध्दाञ्जली कमरेड!परिवार र सवैलाइ समवेदना।
— NKShresthaPrakash (@nksthaprakash) February 4, 2021