माेरङका तीन दर्जन बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङमा तीन दर्जन बढीलाई पार्टी प्रवेश गराएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति हुँदै कांग्रेसलाई एक ढिक्का बनाएर लैजाने उद्घोष गर्दै आएका डा. शेखरले तीन दर्जनभन्दा बढी नेकपालगायतका कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् । नवप्रवेशीहरुलाई नेता डा. कोइरालाले चारतारे झण्डा प्रदान गर्दै कांग्रेसमा स्वागत गरेको डा. शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको खिचातानी र फोहरी राजनीतिबााट विरक्तिएका नेकपा कार्यकर्ताहरुलाई अब कांग्रेसले नै मुलुक र जनताको विकास गर्छ भन्ने लागेर नेकपा लगायतका पार्टी परित्याग गरेकाे डा. काेइरालाकाे भनाइ छ । नवप्रवेशीहरुले नेकपाभित्रको झगडाका कारण कांग्रेस प्रवेश गरेको बताउँदै लोकतन्त्र, संविधान राष्ट्रियता र जनताको रक्षा अब कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् ।

आगामी सभापतिको सम्भावना कति ?

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने उद्घोष गरेका डा. कोइरालालाई कांग्रेस कार्यकर्ता र नेताहरुले पनि आगामी सभापतिकै रुपमा हेर्न थालेका छन् । पार्टीभित्र पुस्ता हस्तान्तरण सँगै संगठन सुदृढीकरण तथा शुद्धिकरणको मुद्दा प्रमुखताका साथ उठिरहेको अवस्थामा डा. शेखरले नयाँ र पुराना दुवै पुस्तालाई समुचित रुपमा समेट्ने गरी एजेण्डा बनाएका छन् ।

पार्टीलाई बलियो बनाउन र चलायमान बनाउने हो भने ‘एक व्यक्ति एक पद’ डा. शेखरको पहिलो बटम लाइन हो । उनी आफैँ सभापतिको आकांक्षी भइरहँदा प्रष्टरुपमा एक कार्यकाल पार्टी सभापतिको कुरा उठाएका छन् । यसका अलावा उनले एक व्यक्ति दुई पदमा रहन नहुने तर्क अगाडी सारेका छन् ।

जस्तो, पार्टी सभापति हुँदा प्रधानमन्त्री नहुने, एक कार्यकाल मात्र सभापति हुँदै अर्को कार्यकाल पार्टीलाई युवा पुस्ताहरुको हातमा दिने, राज्यका हरेक निकायमा युवाहरुको सहभागीता गराउने, पार्टीभित्र स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवाहरुको सहभागीता गराउने डा. शेखरको लाेकप्रिय महाधिवेशनको मुख्य एजेण्डा हो ।

‘यहि एजेण्डाकै कारण डा. शेखरलाई पार्टी नेतृत्वमा पुर्याइयो भने नेतृत्वदायी स्थानमा पुग्न सकिन्छ भन्ने युवाहरुमा विस्वास बढेको छ’, एक युवा कार्यकर्ता भन्छन् । पार्टीमा डा. शेखरसँगै महामन्त्री डा. शशांक कोइराला, रामचन्द्र पौडेल, बर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, सुजता कोइराला समेत सभापतिका आकांक्षी हुन् ।

प्रतिक्रिया