मुख्यमन्त्री पाेखरेल भन्छन्- प्रचण्डको आरोपपत्र राजनीतिक स्टन्ट मात्रै थियो भन्ने पुष्टि भयो
मकालु खबर
२०७७ माघ २३ गते
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आरोपपत्र राजनीतिक स्टन्ट मात्रै थियो भन्ने कुरा पुष्टि भएको बताएका छन् ।
हिजो (बिहीबार) नेपाल-दाहाल समूहकाे आमहड्तालका क्रममा सडकमा एमसीसीकाे नारा लाग्दा प्रचण्डले राेकेकाे प्रसंगमा मुख्यमन्त्री पाेखरेलले यस्ताे बताएका हुन् । यद्यपी प्रचण्डले शुक्रबार आयोजित एक कार्यक्रममा पार्टीले एमसीसीबारे आधिकारिक निर्णय नगरेका कारण आफूले रोकेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टन्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैँले रोकेबाट पुष्टि भएन र ?’
मकालु खबर
२०७७ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित