‘अम्बे स्टील्स कन्ट्रयाक्टर सम्मेलन’ सम्पन्न
मकालु खबर
२०७७ माघ २४ गते
काठमाडौं । अम्बे स्टीलले आयोजना गरेको कन्ट्रयाक्टर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको सल्लाघारीमा सम्मेलन सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सम्मेलनमा टिएमटी छड प्रयोग गर्दा पालना गर्नुपर्ने सावधानी र टिएमटी छड बङ्ग्याउने तरीकाबारे कन्ट्रयाक्टरलाई जानकारी दिइएको थियो ।
सम्मेलनमा सहभागी कन्ट्रयाक्टरलाई कम्पनीका प्रतिनिधिले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका छड नै निर्माण कार्यका लागि उपयुक्त हुने बताएका थिए ।
अम्बे स्टील्सले हाल भैरहवा र नेपालगञ्जमा रहेका दुईवटा उद्योगबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गर्दै आएको जनाएको छ ।
मकालु खबर
२०७७ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित