टिकटक बनाउन घाँटीमा पासो, प्राण त्यागिन करुणाले !
काठमाडौँ । टिकटकमा लोकप्रियता कमाउन चक्करमा धेरै दुर्घटना हुने गरेका छन् । अझ कतिले त ज्यानै गुमाउने परेको छ । भाइरल बन्ने भुत सवार हुँदा मानिसहरु विभिन्न जोखिम मोल्नसमेत पछि पर्दैनन् । यस्तै घटना घटेको छ कञ्चनपुरमा ।
नयाँ प्रयोगको गर्ने क्रममा जिल्लाको भीमदत्त नगरपालिका-१५ कि करुणा चन्दले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् । शनिबार दिउँसोको समयमा करुणाका साथमा थिए, उनका कान्छा भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगिन् ।
नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् र खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागिसकेकी थिइन् । केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएको थियो ।
उक्त घाउ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तीको आँसु थामिएको छैन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको पुष्टि गरे ।