बलात्कार अभियोगमा एकजना पक्राउ

सुनसरी । जबरजस्ती करणी अभियाेगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

ती किशोरीलाई विवाह गर्छु भनी फकाई सदाले गत माघ ९ गते करणी गरेको आरोप छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

प्रतिक्रिया