उत्तराखण्डमा हिमनदी विष्फाेट : बेपत्ता सय बढी मजदुरमध्ये १० जनाकाे शव भेटियाे

एजेन्सी । भारतकाे उत्तराखण्डमा हिमनदी विष्फाेट हुँदा बेपत्ता भएका करिब एक सय बढी मजदुरमध्ये १० जनाकाे शव फेला परेकाे छ । उत्तराखण्डको चमोली जिल्लामा दिउँसाे तीन बजेतिर हिमनदी फुट्दा बेपत्ता सयभन्दा बढी मजदुर बेपत्ता भएका हुन् । उनीहरूकाे खाेजी भइरहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिमनदी फुटेलगत्तै स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको बताइएकाे छ । हिमनदी फुटेपछि नदी तटमा रहेको ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति पुगेकाे र त्यहाँका मजदुरहरू  बेपत्ता भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तराखण्डका सबै जिल्लाका मानिसहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिइएकाे छ । राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले स्थितिबारे आफू जानकार रहेको भन्दै त्यहाँका नागरिकलाई सतर्कता अपनाउन अनुराेध गरेका छन् ।

प्रतिक्रिया