भारतमा हिमपहिराे : १८ जनाकाे शव भेटियाे, २ सयबढी बेपत्ता
मकालु खबर
२०७७ माघ २६ गते
एजेन्सी । भारतको उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा २ सयभन्दा धेरै मजदुर बेपत्ता भएका छन् । बेपत्तामध्ये १८ जनाकाे शव भेटिएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उत्तराखण्डको चमोली जिल्लामा आइतबार दिउँसो तीन बजेतिर हिमनदी फुटेकाे हाे । हिमनदी फुटेलगत्तै स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको बताइएको छ । हिमनदी फुटेपछि नदी तटमा रहेको ऋषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति पुगेको र त्यहाँका मजदुरहरू बेपत्ता भएका छन् । उनीहरूकाे खाेजी कार्य भइरहेकाे बताइएकाे छ ।
उत्तराखण्डका सबै जिल्लाका मानिसहरूलाई उच्च सतर्कता अपनाउन भनिएकाे छ । त्यहाँका ऊर्जामन्त्री आर. के. सिंहले अहिले सुरूङमा फसेका ३४ जनाकाे उद्धार गर्नु चुनौतीपूर्ण रहेको बताएका छन् ।
मकालु खबर
२०७७ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित