मंगलबार संवैधानिक इजलास नबस्ने

काठमाडौं । संसद विघटनसम्बन्धि मुद्दाको सुनुवाई भइरहेको संवैधानिक इजलास भाेलि (मंगलबार) नबस्ने भएको छ ।

पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएकाे शोकमा सर्वाेच्च अदालत बिदा हुने भएकाले इजलास नबस्ने भएको हो ।

न्यायाधीश पाण्डेको आज निधन भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले साेमबारकाे इजलासमा पाण्डेको निधनमा संवेदना प्रकट गर्न भोलि अदालत बन्द रहने जानकारी गराए ।

बुधबारबाट भने निरन्तर बहस हुने सर्वाेच्चले जनाएकाे छ ।

प्रतिक्रिया