लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा
मकालु खबर
२०७७ माघ २८ गते
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाहीको मलंगवामा विस्तार गरेकाे छ ।
यो शाखा मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंककाे लक्ष्य छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
मकालु खबर
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित