फागुन २ देखि जनप्रतिनिधि र कर्मचारीलाई काेराेनाकाे खाेप
मकालु खबर
२०७७ माघ २९ गते
काठमाडाैं । फागुन २ गतेदेखि ८ गतेसम्म काेभिड १९ विरूद्धको अर्को चरणको खोप अभियान सुरु हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन २ देखि ८ गतेसम्म ७७ वटै जिल्लामा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम्सेवक, एम्बुलेन्स तथा शव वाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खाेप प्रदान गरिने छ ।
मन्त्रालयले सो अवधिमा आ–आफ्नो कार्यालयको परिचय पत्र लिइ ताेकिएकाे स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरेको छ ।
मकालु खबर
२०७७ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित