प्रभु इन्स्योरेन्सकाे लाभांश प्रस्ताव
मकालु खबर
२०७७ फागुन २ गते
काठमाडाैँ । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३ सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
याे प्रस्ताव बीमा समितिकाे स्वीकृतिपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि बितरण हुने कम्पनीले जनाएकाे छ ।
मकालु खबर
२०७७ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित