प्रदेश २ प्रमुखमा राजेश झा नियुक्त
मकालु खबर
२०७७ फागुन ७ गते
काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन् ।
मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् ।
परियारलाई पदमुक्त गरेपछि रिक्त ठाउँमा झालाई नियुक्त गरिएको हो ।
मकालु खबर
२०७७ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित