महिला शसक्तीकरण [कविता]

  • सुमनलक्ष्मी खनाल

३६५ दिनमा १ दिनमात्र मनाउने आहा यो कस्तो चलन
बन्द दिवारको अभियानले हुनुपर्ने रे महिला सशक्तीकरण ॥

कंक्रीटमा झुण्डिएका पोस्टरले के सन्देश दिन्छ अरे
कोमल मनका वेदना र रोदनका चर्चा गरी दुनियाले पेट भने ॥

दासता मनोरञ्जन अनि अन्यायको कारण खोजिँदैन जहाँ
माइक्रोफोनमा गुन्जिएको तीखो स्वरले मिल्नुपर्ने मुक्ति यहाँ ॥

उनीलाई मात्र लाग्छ धर्म परम्परा संस्कृति अनि आधुनिकीकरण
लैंगिक विभेद, हिंसा र परम्पराको तातो रापमा हुनुपर्ने रे शसक्तीकरण ॥

योगमाया मंगलादिदी, विद्यादेवी, साधना र साहाना
उभिएर दुनियासामु नाम लिँदैमा पपुरा हुनुपर्ने रे उनको चाहना ॥

आधा आकाश ढाक्ने उपमाले मात्र कहाँ मिल्ला र धर्तीमा जमीन
चाहिन्छ सामाजिक राजनीतिक शैक्षिक र आर्थिक सशक्तीकरण ॥

यहाँ शिक्षा स्वास्थ्य रोजगारीसहितको हुन्छ कल्पित शसक्तीकरण
शक्ति पहुँच र नियन्त्रणका लागि तिनले पर्नुहुँदैन अब शरण ॥

आगो शत्रुताको नियन्त्रण गरी रोपौं मर्यादाको बिरूवा भनी
बढ्दो संकटको निदान हुन गई सशक्त हुन्छौ अनि ॥

अन्यायसँग नझुक्ने कानुन बनून् नीति र नियम
रोजगारी सुरक्षा सम्मानसहितको गरौं महिला सशक्तीकरण ॥

त्यसैले,
वर्षको १ दिनमात्र नभई हरेक दिन नारी शक्तिलाई उत्थान गरौं
सपनाको कागजी कुरालाई यथार्थमा बदल्न नारी सशक्तीकरण गरौं ॥

प्रतिक्रिया