सुनको मूल्य प्रतितोला ४ सय वृद्धि
मकालु खबर
२०७७ चैत १ गते
काठमाडौं । सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा छापावाल सुन आइतबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य बढे पनि चाँदी को मूल्य भने स्थिर रहेको छ ।चाँदी प्रतिताेला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मकालु खबर
२०७७ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित