तीन दिनदेखि सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा ३ दिनदेखि सुनको भाउ स्थिर रहेको छ । १ चैतमा प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता फेरि बढेको छैन ।

मंगलबार पनि छापावाल सुन सोही मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीन दिनदेखि तेजाबी सुनकाे मूल्य प्रतिताेला ८६ हजार १ सय ५० रूपैयाँ रहेकाे छ ।

चाँदीको भाउ भने सोमबारको तुलनामा बढेको छ । सोमबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया