फेरि बढ्यो पेट्रोलियमको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार आजबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो । हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ ।
वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १८ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुर्याइएको हो । एलपी ग्यास र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को खुद्रा बिक्री मूल्यलाई भने यथावत् नै राखिएको जनाइएको छ ।
यसअघि निगमले फागुन ४ र १७ गते आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।