नेपालमा मेरिकाको निहार आयुर्वेदिक ठन्डा तेलको बिक्री सुरु
मकालु खबर
२०७७ चैत ८ गते
काठमाडौं । नेपालमा मेरिकोको तेल ब्रान्ड निहारको उत्पादन निहार आयुर्वेदिक ठन्डा तेलको बिक्री सुरु भएको छ ।
यो तेलमा १० आयुर्वेदिक तत्वहरूको समिश्रण रहेको कम्पनीले जनाएको छ । जसमा पुदिना, ब्राह्मी, जटामांसी, अश्वगन्धा, निलगिरी, लेमन ग्रास, नीम, कपूर र नरिवल तेललगायतका जडिबुटीहरु पर्दछन्।
यस कम्पनीले कपालमा लगाउने विभिन्न तेलहरू निहार शान्ति बदाम अमला तेल, निहार ज्यास्मिन नरिवल केस तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ।
कम्पनीका अनुसार नेपाली उपभोक्तालाई नै ध्यानमा राखेर निहार आयुर्वेदिक ठन्डा तेलको उत्पादन गरिएको हो । निहार अलमोन्ड तेलमा भिटामिन ई पाइने कम्पनीको दावी रहेको छ ।
निहारका तेल १०० मिलि, २०० मिलि र ५०० मिलिमा नेपालभरका स्टोरहरुमा पाइन्छ ।
मकालु खबर
२०७७ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित